दफा १०१
सैनिक अदालतबाट दिइने सजाय
(१) सैनिक अदालतबाट देहाय बमोजिमको सजाय दिन सकिनेछ ः-
(क) जन्म कैद गर्ने,
(ख) …………
(ग) १४ वर्षसम्म कैद सजाय गर्ने,
(घ) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी हटाउने वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी वर्खास्त गर्ने,
(ङ) दर्जा घटाउने,
(च) पाँच वर्षसम्म बढुवा रोक्का गर्ने,
(छ) जङ्गी कारबाहीमा गरिएको कसुरमा तीन महिनासम्मको तलब भत्ता कट्टा
(ज) क्षतिपूर्ति नभएसम्म तलब भत्ता रोक्का गर्ने,
(झ) बढीमा दुई वर्षसम्म तलब वृद्धि रोक्का गर्ने,
(ञ) नसिहत दिने,
(२) देहायको कसुर गरेमा देहाय बमोजिमको सजाय हुनेछः–
(क) दफा ३८, ३९ र दफा ४२ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुर गरेमा जन्मकैद सजाय हुनेछ ।
(ख) देहाय बमोजिमको कसुर गरेमा चौध वर्षसम्म कैद सजाय हुनेछ ः-
(१) दफा ४० बमोजिमको कसुर गरेमा,
(२) जङ्गी कारबाहीमा लागेको बखत दफा ४१ र ४५ को खण्ड (क) बमोजिमको कसुर गरेमा,
(३) जानी जानी दफा ४३ वा ४६ बमोजिमको कसुर गरेमा,
(४) जङ्गी कारबाहीमा लागेको बखत आफ्नो कर्तव्य पालनगरिरहेको कुनै अधिकृत उपर दफा ४४ को खण्ड (क) वा (ख) बमोजिम कसुर गरेमा,
(५) दफा ४७ बमोजिमको कसुर गरेमा ।
(ग) देहाय बमोजिमको कसुर गरेमा दश वर्षसम्म कैद सजाय हुनेछ ः-
(१) जङ्गी कारबाहीमा नलागेको बखत कुनै अधिकृत उपर दफा ४४ को खण्ड (क) वा (ख) बमोजिम कसुर गरेमा,
(२) दफा ४८, ४९ वा दफा ५० बमोजिमको कसुर गरेमा,
(३) दफा ५१ को खण्ड (क) वा दफा ५२ को खण्ड (क) बमोजिमको कसुर गरेमा,
(घ) दफा ४२ को उपदफा (१) को खण्ड (ख) बमोजिमको कसुर गरेमा सात वर्षसम्म कैद सजाय हुनेछ ।
(ङ) देहाय बमोजिमको कसुर गरेमा सात वर्षसम्म कैद सजाय हुनेछ ः-
(१) जङ्गी कारबाहीमा नलागेको बखत दफा ४१ बमोजिमको कसुर गरेमा,
(२) थाहा नपाई दफा ४६ बमोजिमको कसुर गरेमा,
(३) दफा ५२ को खण्ड (ख), (ग), (घ), (ङ), (च) वा (छ) बमोजिमको कसुर गरेमा,
(४) दफा ५३, ५४ वा दफा ६३ बमोजिमको कसुर गरेमा ।
(च) देहाय बमोजिमको कसुर गरेमा पाँच वर्षसम्म कैद सजाय हुनेछ ः-
(१) दफा ४४ को खण्ड (ग) बमोजिम कसुर गरेमा,
(२) जङ्गी कारबाहीमा नलागेको बखत दफा ४५ को खण्ड (क) बमोजिमको कसुर गरेमा,
(३) दफा ५१ को खण्ड (ख) वा (ग) वा दफा ५५, ५६ वा दफा ५७ बमोजिमको कसुर गरेमा,
(छ) दफा ४२ को उपदफा (१) को खण्ड (ग) वा (घ) वा दफा ५८, ५९ वा दफा ६० बमोजिमको कसुर गरेमा तीन वर्षसम्म कैद सजाय हुनेछ ।
(ज) देहाय बमोजिमको कसुर गरेमा दुई वर्षसम्म कैद सजाय हुनेछ ः-
(१) दफा ४२ को उपदफा (१) को खण्ड (ङ), (च), (छ) वा(ज) बमोजिमको कसुर गरेमा,
(२) दफा ४५ को खण्ड (ख) बमोजिम कसुर गरेमा,
(३) अधिकृतभन्दा तलको व्यक्तिले जङ्गी कारबाही र कर्तव्य पालनको समयमा दफा ५२ को खण्ड (ज) बमोजिमको कसुर गरेमा,
(४) थाहा नपाई दफा ४३ बमोजिमको कसुर गरेमा,
(५) दफा ६१ बमोजिमको कसुर गरेमा ।
(झ) अधिकृतभन्दा तलको व्यक्तिले जङ्गी कारबाही र कर्तव्य पालन बाहेक अन्य समयमा दफा ५२ को खण्ड (ज) बमोजिमको कसुर गरेमा ६ महिनासम्म कैद सजाय हुनेछ ।
(ञ) दफा ५२ को खण्ड (झ) र (ञ) बमोजिम कसुर गरेमा सेवाबाट बर्खास्त हुनेछ ।
(ट) दफा ६२ को खण्ड (ट) बमोजिमको कसुर गरेमा दुई तलब वृद्धि रोक्का गर्ने वा दुई वर्ष सम्म बढुवा रोक्का गर्ने ।
(ठ) सैनिक अदालतबाट परिच्छेद–७ मा उल्लिखित कसुर गर्ने उद्योग गरेको वा त्यस्तो कसुर गर्न सुर्याएकाे ठहरिएमा यस ऐनमा किटानी व्यवस्था भएकोमा बाहेक देहाय बमोजिमको सजाय हुनेछ ः-
(१) जन्मकैद हुने कसुर गर्ने उद्योग गरेकोमा चौध वर्षसम्म कैद र अन्य कसुर गर्ने उद्योग गरेकोमा जुन कसुर गर्ने उद्योग गरेकोछ सो कसुर गरे बापत हुने कैदको माथिल्लो हदको आधासम्म कैद,
(२) कुनै कसुर गर्न सुर्याएकाेमा जुन कसुर गर्न सुयाएकोछ सो कसुरलाई हुने सजाय बराबर,
(३) जन्म कैद हुने कसुर गर्न सुर्याएकाे तर कसुर हुन नपाएकोमा चौध वर्षसम्म कैद र अन्य कसुरगर्न सुर्याएकाे तर कसुर हुन नपाएकोमा जुन कसुर गर्न सुयाएकोछ सो कसुर गरे बापत हुने कैदको माथिल्लो हदको आधासम्म कैद ।
(३) दफा ४२ को उपदफा (१) को खण्ड (क) बमोजिम कसुर गर्ने व्यक्ति भागेको मितिले पैंतीस दिनभित्र पनि फेला परेन वा हाजिर हुन आएन भने निजको अंश रोक्का गरिनेछ । त्यस्तो व्यक्ति तीन वर्षसम्म पनि हाजिर हुन आएन वा खोजी गर्दा पनि फेला परेन भने निजको अंश जफत र लिलाम बिक्री गरी प्राप्त हुन आएको रकम सरकारी कोषमा दाखिल गरिनेछ ।
(४) उपदफा (३) बमोजिम अंश जफत गरेपछि कसुरदार फेला परेमा जन्मकैदको सजाय दिन सकिनेछ ।
(५) उपदफा (२) को खण्ड (ञ) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त गरिएका कुनै व्यक्तिको सञ्चयकोषमा जम्मा भएको रकम बाहेक निजको बाँकी रहेको तलब भत्ता र निजले पाउनु पर्ने निवृत्तभरण लगायत अन्य सुविधा रकम समेत दिइने छैन ।